ad ad

कला


उत्कृष्ट अभिनयका लागि आलिया भट्ट र रणवीर कपुरलाई फिल्मफेयर अवार्ड

उत्कृष्ट अभिनयका लागि आलिया भट्ट र रणवीर कपुरलाई फिल्मफेयर अवार्ड

फाइल फाेटाे


नेपालखबर
माघ १५, २०८० सोमबार ९:१४, काठमाडौँ

भारतमा ६९औँ फिल्मफेयर फिल्म अवार्ड आइतबार घोषणा गरिएको छ। 

गुजरातमा भएको अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो।

फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन्। 

रणवीर कपुरले फिल्म ‘एनिमल’मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्। 

‘१२औँ फेल’ ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्। 

विक्की कौशललाई फिल्म डन्कीमा अभिनय गरेबापत सर्वोत्कृष्ट अभिनेता (सहयोगी भूमिका) को उपाधि दिइएको छ।

फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा अभिनय गरेबापत शबाना आजमीलाई सर्वोत्कृष्ट अभिनेत्री (सहयोगी भूमिका) को अवार्ड दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .