ad ad

कला


सौगात स्टारर ‘अगस्त्य : च्याप्टर १’ को टिजर सार्वजनिक

सौगात स्टारर ‘अगस्त्य : च्याप्टर १’ को टिजर सार्वजनिक

नेपालखबर
माघ १४, २०८० आइतबार १८:१, काठमाडौँ

फिल्म ‘अगस्त्य : च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ। मुख्य अभिनेता सौगात मल्ल वरिपरि घुमेको टिजर दमदार छ।

सौगात यस फिल्ममा एक्सन अवतारमा देखिएका छन्। प्रेमीहुँदै सडकछाप र ग्याङस्टारसम्मको उनको बहुआयामिक भूमिका टिजरमा देख्न सकिन्छ। नाजिर हुसेनदेखि मलिका महत र नाजिर हुसेन पनि टिजरमा स्थान पाएका छन्।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यस फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। यस फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि अभिनय रहेको छ।

फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्। सौरभ चौधरीको लेखन र निर्देशन रहेको यो फिल्म आगामी फागुनको १८ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .