ad ad

कला


‘बडे मियाँ छोटे मियाँ’को टिजरमा अक्षय र टाइगरको जबर्जस्त एक्सन (भिडिओ)

‘बडे मियाँ छोटे मियाँ’को टिजरमा अक्षय र टाइगरको जबर्जस्त एक्सन (भिडिओ)

नेपालखबर
माघ १०, २०८० बुधबार १२:५७, काठमाडौँ

बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक भएको छ। टिजरमा मुख्य अभिनेता अक्षय कुमार र टाइगर श्रापको जबर्जस्त एक्सन छ। 

फिल्मको टिजर साउथ सुपरस्टार पृथ्वीराज सुकुमारनको भ्वाइस ओभरबाट सुरु हुन्छ।

उनी भन्छन्, 'प्रलय आउँदै छ। एक यस्तो प्रलय जसले भूत, वर्तमान र भविष्यलाई परिवर्तन गर्नेछ। एउटा प्रलय जसले असल र खराब बीचको युद्धलाई सदाको लागि अन्त्य गर्नेछ। भारत ध्वस्त हुनेछ। मलाई को रोक्न सक्छ?'

त्यसपछि आर्मी अफिरको भूमिकामा देखिएका अक्षय र टाइगरको इन्ट्री हुन्छ। उनीहरु भन्छन्, ‘हामी दिलले सिपाही, दिमागले सैतान‘ हामीबाट टाढै रहौँ, हामी हिन्दुस्तान हौँ।'

दुवैले भारतलाई बचाउन गर्नुपरेको लडाइँ टिजरमा देख्न सकिन्छ। यो फिल्म एक्सन र देशभक्तिको जबर्जस्त समिश्रण रहेको टिजरबाट थाहा पाउन सकिन्छ।

अली अब्बास निर्देशित यो फिल्म एक्सन र कमेडी जनरामा बनाइएको छ।

पूजा इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वासु भगनानी र जैकी भगनानी हुन्।

फिल्ममा अक्षयकुमार र टाइगर पहिलोपटक एकसाथ देखिएका हुन्।

यस फिल्ममा साउथ अभिनेता सुकुमारन खलनायक बनेका छन्।

‘बडे मियाँ छोटे मियाँ’का धेरै स्टन्ट दृश्य हलिउड एक्सपर्टको टोलीसँग खिचिएका छन्।

यस फिल्ममा अक्षय कुमार, टाइगर र सुकुमारनसहित सोनाक्षी सिन्हा, मानुषी छिल्लर र अलाया एफलगायतले अभिनय गरेका छन्।

यो फिल्म आगामी चैत २८ अर्थात् अप्रिल १० मा रिलिज हुँदै छ।

सन् १९९५ मा यही नामको फिल्म बनेको थियो। जसमा अमिताभ बच्चन र गोविन्दाको मुख्य भूमिकामा छन्।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .