ad ad

कला


महँगो घडीका कारण हलिउड अभिनेता आर्नोल्ड विमानस्थलमा ३ घण्टा नियन्त्रणमा

महँगो घडीका कारण हलिउड अभिनेता आर्नोल्ड विमानस्थलमा ३ घण्टा नियन्त्रणमा

नेपालखबर
माघ ४, २०८० बिहिबार १७:१८,

हलिउड अभिनेता आर्नोल्ड स्वार्जनेगर जर्मनीको एक विमानस्थलमा तीन घण्टा नियन्त्रणमा परेका छन्। 

च्यारिटीका लागि लिलाम गर्ने विलासी घडी बोकेको खुलासा नगर्दा उनी बुधबार म्युनिख विमानस्थलमा समातिएका थिए।

सो घडी युरोपेली संघभित्र बेचिने उदेश्य राखिएकाले उनीमाथि करछलीका विषयमा अनुसन्धान सुरु भएको बताइएको छ।

ईयूको नियमअनुसार युरोप आइपुग्ने जोसुकैले नगद वा मूल्यका हिसाबले १० हजार युरोभन्दा बढीका सामान आफूसँग रहेको पूर्वघोषणा गर्नुपर्छ। तर, स्वार्जनेगरलाई त्यस्तो फाराम भर्न नदिइएको बताइएको छ।

तर, पक्राउ परेपछि भने उनी कर तिरेर मुक्त भएका छन्।

सो कर तिर्न पनि उनले अनेक समस्या सामना गर्नुपरेको बताइएको छ। कार्ड स्वापमार्फत कर तिर्न खोज्दा मेसिन बिग्रेको र नजिकैको ब्यांक बन्द हुनुका साथै एटीएमबाट झिक्न मिल्ने पैसाको सीमा पनि कम रहेकाले भन्सार अधिकारीहरुले नयाँ कार्ड मेसिन ल्याउनुपरेको थियो।

उनको त्यो घडी अडेमार्स पिगे ब्रान्डको भएको बताइएको छ, जसले लाखौँ डलर पर्ने घडी बनाउने गर्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .