अग्रज संगीतकार, संगीत संयोजक तथा वाद्यवादक नोर्बु छिरिङ (आपा) को निधन भएको छ।
उनको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरको हात्तीवनस्थित निवासमा निधन भएको नेपाल संगीतकार संघले जनाएको छ।
आपाको निधनले नेपाली गीत/संगीत क्षेत्रलाई मर्माहित तुल्याएको संघले जनाएको छन्। साथै अन्य संगीतक्षेत्रका व्यक्तिहरूले समेत आपाको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।
नारायणगोपाल, नाती काजी, भक्तराज आचार्यका गीतमा संगीत संयोजन गरेका छिरिङ अशक्त भएर कोरोनापछि वाद्य वादनबाट टाढिएका थिए।
छिरिङका श्रीमती र दुई छोरी छन्। दुवै छोरीहरू विदेशबाट आएपछि बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिने बताइएको छ।
छिरिङले संगीत संयोजन गरेका ‘किन फेरि सम्झी तड्पिन्छ मन’, ‘जीवन भन्नु त घात छ’ लगायतका गीतहरू चर्चित छन्।
69
Shares
प्रतिक्रिया