ad ad

कला


‘कुटुमा कुटु’ले पायो २० करोड भ्युज, शिवाकोटीले यसरी बाँडे खुसी

‘कुटुमा कुटु’ले पायो २० करोड भ्युज, शिवाकोटीले यसरी बाँडे खुसी

नेपालखबर
पुस २८, २०८० शनिबार १३:०, काठमाडौँ

‘कुटुमा कुटु’ बोलको गीत युट्युबमा २० करोड भ्युज पाएको छ। फिल्म ‘२ रुपैयाँ’मा समावेश यस गीतको भिडिओलाई युट्युबमा २० करोडपटक हेरिएको हो। 

झन्डै सातवर्षअघि सार्वजनिक भएको यस गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ। राजनसहित मेलिना राई र राजन इशानको स्वर रहेको छ।

२० करोड भ्युज पाएसँगै शिवाकोटीले फेसबुकमा स्टाटस लेख्दै खुसी साटेका छन। सरल शब्द भएकै कारण गीत लोकप्रिय भएको उनले उल्लेख गरेका छन्।

 

अशिम शाह निर्देशीत फिल्मको गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, आशिफ शाह, बुद्धि तामाङको अभिनय छ।

पार्टीदेखि विभिन्न समारोहमा बज्ने यो गीत नेपालमा निकै चर्चित गीत हो। विदेशीले पनि यस गीतमा टिकटक बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .