फिल्म ‘एक मुठ्ठी बादल’मा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा देखिने भएकी छन्। बिहीबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको छ। जसमा सारी लगाएकी आँचललाई गम्भीर रुपमा देखिन्छ।

सहारा शर्माको लेखन र निर्देशन रहेको फिल्मले पारिवारिक कथावस्तु समेटेको छ। फिल्ममा अभिमन्यु दीक्षित, अनुप पौडेल र सामीप्यराज तिमल्सेनाको प्रस्तुति छ।
केही अप्रत्याशित र दुर्भाग्यपूर्ण घटनापश्चात् आमा र उनको परिवारले वर्षौंदेखिका रहस्य र कुण्ठा कसरी सामना गर्न बाध्य हुन्छन् भन्ने कथा छ- ‘एक मुठ्ठी बादल’मा।
गौँथली इन्टरटेनमेन्ट र अन्डरग्राउन्ड टकिजको सहकार्य रहेको यस फिल्मबाट सहयोगराज अधिकारीले डेब्यु गर्दै छन्।
महिलाप्रधान कथावस्तुको फिल्मको छायांकन फागुनमा सुरु हुने बताइएको छ।
एक मुठ्ठी बादलको स्क्रिप्ट भारतको फिल्म बजार अनलाइनको प्रोडक्सनमा छनोट भएको थियो। साथै आपेनडोर्स, कान्स र रोटेरडम फिल्म मार्केटमा पनि पिचिङ भइसकेको छ।
यसअघि सहाराको निर्देशनमा बनेको ‘इन्द्रेणी खोज्दै जाँदा’ किम्फ र टोरन्टो नेपाल फिल्म फेस्टिभलमा अवार्ड जित्न सफल भइसकेको छ।
गौँथली इन्टरटेनमेन्टबाट फिचर फिल्म ‘बर्दिया सुन्दरी’ समेत बनिसकेका छन्।
Shares

प्रतिक्रिया