कला


‘र्‍याप ब्याटल नेपाल’ को घोषणा

‘र्‍याप ब्याटल नेपाल’ को घोषणा

नेपालखबर
पुस २६, २०८० बिहिबार १०:५१, काठमाडौँ

र्‍यापकाे महायुद्ध ‘र्‍याप ब्याटल नेपाल’ हुने भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमबीच शोको घोषणा गरिएको हो। 

यो शो जिसा इन्टरनेशनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा हुनेछ। युजिसा इन्टरनेशलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन शुरु हुने बताए।

 ‘शोमा नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्’, उनले भने।

शोको अडिसन काठमाडौँ, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ। शोको अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुण ०२, इटहरीमा फागुण ०५, चितवनमा फागुण ०९, पोखरामा फागुण १२ र काठमाडौंमा १८ तथा १९ गते गरिनेछ। 

शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको लागि डिजिटल अडिसन गरिने जानकारी दिए ।
अप्रिलबाट र्याप ब्याटल शो एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad