कला


नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ गोटेबर्ग फिल्म फेस्टिभलमा छनोट

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ गोटेबर्ग फिल्म फेस्टिभलमा छनोट

नेपालखबर
पुस २५, २०८० बुधबार १५:१६, काठमाडौँ

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ। स्वीडेनको ४७ औं गोटेबर्गमा छनोट भएसँगै यस फिल्मको युरोप प्रिमियर समेत हुँदैछ।

दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको यो फिल्म भोएज विधाअन्तर्गत छनोट भएको हो। जुन फिल्म महोत्सव २६ जनवरीदेखि ४ फ्रेबुअरीसम्म आयोजना हुँदैछ। गोटबर्ग फेस्टिभललाई युरोपकै महत्त्वपुर्ण फिल्म महोत्सवको रुपमा मान्न सकिन्छ।

गाउँ आएको बाटोको क्यानडाको टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको थियो। यो फिल्म बुसान, मुम्बईका चर्चित फेस्टिभलमा छनोट भइसकेको छ।

यस फिल्ममा दयाहाङ र पशुपतिसहित प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बाको अभिनय छ।

सुब्बासहित अमोद राईको लगानी रहेको फिल्मको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा भएको थियो। सुब्बा र महेश राईको पटकथा रहेको फिल्मले गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा समेटेको छ।

राई जातिको सामाजिक पृष्ठभूमिमा आधारित यो फिल्म नेपालमा आगामी जेठ १८ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .