ad ad

कला


गोल्डेन ग्लोब्स २०२४ : ‘ओपनहाइमर’लाई पाँच अवार्ड, कुन विधामा कसले जिते?

गोल्डेन ग्लोब्स २०२४ : ‘ओपनहाइमर’लाई पाँच अवार्ड, कुन विधामा कसले जिते?

नेपालखबर
पुस २३, २०८० सोमबार १३:१३, काठमाडौँ

क्रिस्टोफर नोलन निर्देशित हलिउड फिल्म ‘ओपनहाइमर’ उत्कृष्ट फिल्म घोषित भएको छ।

सोमबार बिहान अमेरिकाको लसएन्जल्समा सम्पन्न भएको गोल्डेन ग्लोब्स अवार्डको ८१औँ संस्करणमा ‘ओपनहाइमर’ सर्वोत्कृष्ट फिल्म बनेको हो।

अमेरिकी वैज्ञानिक जे रोबर्टको बायोपिक फिल्म ‘ओपनहाइमर’ ले उत्कृष्ट फिल्मसहित पाँच विधामा समेत अवार्ड पाउन सफल भएको छ।

यसै फिल्मबाट किलियन मर्फीले उत्कृष्ट अभिनेताको अवार्ड पाए। साथै अर्का कलाकार रबर्ट डाउनीले पनि बेस्ट सपोर्टिङ एक्टर' अवार्ड जित्न सफल भए। 

कलाकारहरुले मात्रै होइन, यस फिल्मका लेखक समेत रहेका नोलनले उत्कृष्ट निर्देशक घोषित भए। यस फिल्मले ‘बेस्ट स्कोर’ अवार्ड समेत जितेको छ।  

त्यस्तै, मोसन पिक्चर म्युजिकल र कमेडीतर्फ ‘पुअर थिंग्स’बाट एमा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भइन्। ड्रामा विधातर्फ भने लिली ग्याडस्टोन पनि ‘किलर्स अफ द फ्लावर मुन’ बाट उत्कृष्ट अभिनेत्री घोषित भइन्। 

त्यसैगरी, ‘बार्बी’की निर्देशक ग्रेटा गर्विगले 'सिनेम्याटिक बक्स अफिस एचिभमेन्ट अवार्ड' हासिल गरिन्। यस वर्षको उत्कृष्ट गैरअंग्रेजी भाषाको विधातर्फको अवार्ड फ्रान्सको फिल्म 'एनाटोमी अफ अ फल'  जितेको छ। 

कुन अवार्ड कसले जिते?

  • उत्कृष्ट मोसन पिक्चर ड्रामा – ओपनहाइमर 
  • उत्कृष्ट निर्देशक – क्रिप्टोफर नोलन (ओपनहाइमर)
  • उत्कृष्ट अभिनेता, मोसन मिक्चर ड्रामा- किलियन मर्फी (ओपनहाइमर)
  • उत्कृष्ट सहायक अभिनेता, मोसन पिक्चर ड्रामा – रोबर्ट ड्वेन जुनियर (ओपनहाइमर)
  • उत्कृष्ट मोसन पिक्चर, म्युजिकल एण्ड कमेडी - पुअर थिंग्स
  • उत्कृष्ट अभिनेत्री, मोसन पिक्चर म्युजिकल र कमेडी – एमा स्टोन (पुअर थिंग्स)
  • उत्कृष्ट फिल्म, गैरअंग्रेजी भाषा – एनाटोमी अफ अ फल (फ्रान्स)
  • उत्कृष्ट पटकथा, मोसन पिक्चर – एनाटोमी अफ अ फल
  • उत्कृष्ट अभिनेत्री, मोसन पिक्चर ड्रामा – लिली ग्लाडस्टोन (किलर्स अफ द फ्लावर मुन)
  • उत्कृष्ट अभिनेता, मोसन पिक्चर म्युजिकल र कमेडी – पल जियामट्टी (द होल्डओभर्स)
  • उत्कृष्ट सहायक अभिनेत्री, मोसन पिक्चर ड्रामा – डाभाइन जोय रान्डोल्फ (द होल्डओभर्स)
  • उत्कृष्ट टेलिभिजन सिरिज, ड्रामा – सक्सेसन (एचबीओ)
  • उत्कृष्टटिभी सिरिज, म्युजिकल र कमेडी – द बियर (एफएक्स)
  • उत्कृष्ट ओरिजिनल स्कोर, मोसन पिक्चर ड्रामा – लुडविग गोरेन्सन (ओपनहाइमर)
  • उत्कृष्ट मौलिक गीत, मोसन पिक्चर – ह्वाट वाज आइ मेड फर (बार्बी)
  • सिनेम्याटिक एण्ड बक्स अफिस अचिभमेन्ट – बार्बी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .