ad ad

कला


रणवीर अभिनित ‘एनिमल’ले कति कमायो?

रणवीर अभिनित ‘एनिमल’ले कति कमायो?

नेपालखबर
पुस २०, २०८० शुक्रबार १४:४, काठमाडौँ

रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ हलमा प्रदर्शनरत छ। डिसेम्बर १ देखि रिलिज यस फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। 

प्रदर्शनको ३५औँ दिनमा यस फिल्मले विश्वभरिबाट ८९५.४ करोड भारतीय रुपैयाँको आँकडा पार गरेको छ। त्यसैगरी हिजो बिहीबार ३५औँ दिनमा घरेलु बक्सअफिसमा ‘एनिमल’ले ४४ लाख भारुको व्यापार गरेको छ।

योसँगै हालसम्म भारतभर फिल्मले ६५२.४ रुपैयाँ भारु ग्रस कलेक्सन गरेको छ। हिन्दी भाषातर्फको कलेक्सन मात्रै ४९७.५८ करोड रुपैयाँ हो।

‘एनिमल’ले ३३औँ दिनमा शाहरुख खानको फिल्म ‘पठान’को रेकर्ड तोड्दै सबैभन्दा धेरै कमाइ गर्ने दोस्रो हिन्दी फिल्म बन्न सफल भएको थियो।

पठानको रेकर्ड तोडे तापनि शाहरुखको अर्को फिल्म ‘जवानको भने रेकर्ड तोड्न सकेको छैन। ६४० करोड २५ लाख भारु कमाउन सफल ‘जवान’ सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्म हो। 

सन्दीप रेड्डी वांगाको लेखन र निर्देशनमा बनेको यस फिल्ममा रणवीरका साथै रश्मिका मन्दाना, बबी देओल, अनिल कपुर, तृप्ती डिमरी लगायतको अभिनय छ। यो फिल्म हिन्दीसहित पाँच भाषामा रिलिज भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .