जीवनमा आएको तीव्र उतारचढावका कारण केही वर्ष निकै तनावमा रहेकी गायिका समीक्षा अधिकारीले केही समययता मानसिक रूपमा आफूलाई सशक्त बनाउँदै लगेकी छन्।
पहिला–पहिला सामाजिक सञ्जालमा निराशाजनक र भावुक कुरा पोस्ट गर्ने समीक्षाले केही समययता निरन्तर उत्साह र आत्मविश्वासयुक्त स्टाटस लेखिरहेकी छन्।
यसै क्रममा पछिल्लो समय समीक्षाले आफ्नो हँसिलो तस्बिरसहित फेसबुकमा लेखेकी छन्–
न कसैको अभावमा बाँच्छु,
न कसैको प्रभावमा बाँच्छु,
म आफ्नै स्वभावमा बाँच्छु।
समीक्षाले जसरी कठोर समयका बाबजुद आफूलाई सामान्य अवस्थामा फर्काएर आफ्नो करिअरलाई निरन्तरता दिइरहेकी छन्, त्यो धेरैका लागि अनुकरणीय मान्न सकिने उनका शुभेच्छुकहरूको भनाइ छ।
786
Shares
प्रतिक्रिया