पुरुषहरुको सौन्दर्य प्रतियोगिता म्यानहन्ट इन्टरनेसनल नेपाल २०२४ हुने भएको छ।
१३औँ संस्करणको म्यानहन्ट इन्टरनेसनल नेपालका लागि भोलि शनिबार अडिसन सुरु गरिने आयोजक संस्था ग्रुप फ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले जानकारी दिए।
पहिलो अडिसन राजधानीको त्रिपुरेश्वरस्थित जस्मिन फिटनेस एन्ड स्पामा भोलि शनिबार बिहान ११ बजे सुरु हुनेछ। अडिसनमा जजका रुपमा प्रशान्त ताम्राकार र अनुपविक्रम शाही छन्।
प्रतियोगितामा प्रतिस्पर्धा गर्न उचाइ कम्तीमा ५.८ फुट हुनुपर्नेछ। साथै १८ देखि ३४ वर्षको उमेर समूहका युवाले भाग लिन सक्ने व्यवस्था गरिएको छ। त्यसैगरी न्यूनतम प्लस टु पढेका युवाले यसमा सहभागिता जनाउन सक्नेछन्। सक्सेनाका अनुसार विवाहित र अविवाहित दुवैले प्रतियोगितामा स्पर्धा गर्न सक्नेछन्।
यसअघिका म्यानहन्ट इन्टरनेसलञ नेपालका विजेता विभिन्न क्षेत्रको स्थापित भइसकेका छन्। अभिनेताद्वय प्रशान्त र अनुपविक्रमसहित युवा व्यवसायी सुऋत ज्योति, अभिनेता तथा मोडल समिन खान र आयुषमान देशराज जोशी श्रेष्ठ, अभिनेता सुशिल श्रेष्ठ र कान्जी कोइराला, कल कान्तिपुरका भिजे सुदित श्रेष्ठ, अभिनेता तथा मोडल निरज थापा र ध्रुव बुढाथोकी, मोडल विकल्प श्रेष्ठ, राइडर तथा मोडल विबेश श्रेष्ठ र अभिनेता प्रकाश शाह म्यानहन्ट इन्टरनेशनल नेपालका विजेता भएका थिए।
Shares

प्रतिक्रिया