कला


पाँचौं दिन प्रभास अभिनित ‘सलार’को कमाईमा ५० प्रतिशतले गिरावट

पाँचौं दिन प्रभास अभिनित ‘सलार’को कमाईमा ५० प्रतिशतले गिरावट

नेपालखबर
पुस ११, २०८० बुधबार १५:५, काठमाडौँ

प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘सलार’को कमाई पाँचौं दिनमा ५० प्रतिशतले कमी आएको छ। घरेलु बक्सअफिसमा सोमबार ४६ करोड कलेक्सन गर्दा मंगलरबार आधाले गिरावट आएको हो।

मंगलबार भारतभर ‘सलार’ले २३ करोड ५० लाखको व्यापार गरेको छ। योसँगै फिल्मले पाँच दिनमा भारतभर २७८ करोड ५० लाख भारुको आकंडा पार गरेको छ।

गत शुक्रबारबाट रिलिज भएको यस फिल्मले पहिलोदिन भारतभर ९०.७ करोडको ओपनिङ गरेको थियो। सलार सन् २०२३ कै सर्वाधिक ‌ओपनिङ गर्ने फिल्म समेत हो।

त्यसैगरि, दोस्रो दिन ५६.३५ करोड भारु कमाउँदा तेस्रो दिन ६२.०५ भारुको व्यापार गर्न सफल भयो। पहिलो दिन विश्वभरिबाट १७८.७० करोडको ओपनिङ गरेको यस फिल्मले पाँचौं दिनमा विश्वभर लगभग ५०० करोडको हाराहारीमा कलेक्सन गरिसकेको छ।

प्रशान्त निलको निर्देशन र लेखनमा बनेको ‘सलार’ तेलुगुसहित हिन्दी, कन्नड, मलयालम र तमिल ५ भाषामा रिलिज भएको थियो। ‘सलार’मा प्रभासका साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad