गायक प्रबिन वेडवालको स्वरमा रहेको ‘कलिलो यौवन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा केपी आचार्यको शब्द, इन्द्रराज परियारको संगीत रहेको छ। गीतको एरेन्ज भने आदेश गुरुमाचनको छ।
गीतमा प्रेम र प्रेमिल जोडीबीचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ। युदिन योञ्जनको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ।
गीतको भिडिओमा समिर राईको कन्सेप्ट रहेको छ।
आफूलाई माया गरेको प्रेमीलाई जीवनमा सजाउने सपना राख्दा राख्दै जीवन त्याग गरेका प्रेमीको मृत्यु भएको अवस्थालाई गीतमा समेटिएको छ। समीक्षा पोखरेल, गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ।
6
Shares

प्रतिक्रिया