पल शाहको मुख्य भूमिकामा फिल्म ‘मायाका रंगहरु’ बन्ने भएको छ। निर्माण टिमले मुख्य अभिनेतासहित फिल्मको नाम घोषणा गरेको हो।
यो फिल्म केवल तामाङको निर्माण र निर्देशनमा बन्न लागेको हो। केवलका लागि यो डेब्यू निर्देशकिय फिल्म हो।
इन्डो नेपाली यस फिल्मको छायाङ्कन सिक्किमबाट सुरु हुनेछ। पुजार सार्कीको छायाङ्कन सकिएपछि पल यस फिल्मको सुटिङमा जोडिनेछन्।
नेपाली र हिन्दीमा छायांकन गरिने फिल्ममामा पलबाहेक अन्य कलाकारहरु छनोटको चरणमा रहेको निर्माण टिमले जानकारी दिएको छ। ६० प्रतिशत फिल्मकर्मी भारत र ४० प्रतिशत फिल्मकर्मी नेपालबाट लिने तयारी छ।
प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको सुटिङ भारतको सिक्किम, दार्जिलिङसहित नेपालको इलाम र काठमाडौंमा हुनेछ। फिल्ममा शेखर ज्ञवालीको कथा रहेको छ।
यो सिनेमाले नेपाल र भारतको पर्यटन प्रर्वद्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउन सहयोग पुग्ने निर्देशक तामाङको विश्वास छ।
Shares
प्रतिक्रिया