कारोबार


इस्लिङटन कलेजमा नेपालकै पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्र

इस्लिङटन कलेजमा नेपालकै पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्र

नेपालखबर
मंसिर २५, २०८० सोमबार १७:६, काठमाडौँ

इस्लिङटन कलेजले नेपालको पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ।

लण्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजित एक समारोहबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कार्यक्रमको उद्घाटन गरिन्।

समारोहलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो-भाइस चान्सलर, नोना म्याकडफले पनि सम्बोधन गरेका थिए। उनले साइबर सुरक्षाशिक्षाको क्षेत्रमा इस्लिङटन कलेजको अन्तर्राष्ट्रिय सहकार्य र मान्यताको विषयमा चर्चा गरे।

शैक्षिक कार्यक्रमले नेपालमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाउने कलेको विश्वास छ।

अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतराहरूमा अनुसन्धानलाई प्रोत्साहित गर्नु हो। कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानको आधारमा साइबरसुरक्षा डोमेन भित्र उदीयमान प्रविधिहरू अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्नु रहेको कम्पनीको भनाई छ।

यी लक्ष्यहरू प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेशन केन्द्र र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार रहेका छन्।

साइबरसुरक्षा अनुसन्धान केन्द्र इस्लिङटन कलेजको एउटा पहल हो जसले साइबर सुरक्षाको क्षेत्रमा बढ्दो चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राख्दछ। शिक्षा, अनुसन्धान र व्यावहारिक प्रयोगमा केन्द्रित भएर यस केन्द्रले नेपालमा साइबर सुरक्षाको भविष्यलाई दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने कलेको विश्वास छ।

‘नेपालको पहिलो शैक्षिक साइबरसुरक्षा अनुसन्धान केन्द्रको स्थापना इस्लिङटन कलेजका लागिमात्र नभई नेपालका लागिपनि महत्वपूर्ण माइलस्टोन हो’ कलेजले भनेको छ, ‘अनुसन्धान केन्द्रले नेपालको महत्वपूर्ण पूर्वाधारलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक पर्ने दक्ष साइबर सुरक्षा अधिकारीहरु नेपालमै छन् भनी सुनिश्चित गर्न पनि मद्दत गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad