ad ad

कला


‘गाउँ आएको बाटो’को प्रदर्शन मिति तोकियो

‘गाउँ आएको बाटो’को प्रदर्शन मिति तोकियो

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार ११:३२, काठमाडौँ

नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति तोकिएको छ।

यो फिल्म आगामी जेठ १८ गते रिलिज हुनेछ।

दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको फिल्मको प्रिमियर टोरन्टो फिल्म फेस्टिभलमा गरिएको थियो।

अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘अ रोड टु भिलेज’ नामबाट फन्को लगाएपछि यो फिल्म नेपालमा रिलिज हुन लागेको हो। 

सुब्बासहित अमोद राईको लगानी रहेको फिल्मको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा भएको थियो। फिल्ममा दयाहाङ र पशुपतिका साथै प्रसन राई, केशव राई, सुमित्रा राई, प्रेम सुब्बा, राज थापाको अभिनय छ। 

सुब्बा र महेश राईको पटकथा रहेको फिल्मले गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा समेटेको छ।

यो फिल्म राई जातिको सामाजिक पृष्ठभूमिमा आधारित छ।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .