यस गीतमा सुरजलाई गायिका जमुना बन–जीतले साथ दिएकी छिन्।
द भ्वाइस अफ नेपाल सिजन वानमा पनि निकै ख्याति कमाएका सुरजले एकपछि अर्को हिट गीत दिइरहेको समयमा ‘तिमी छौं र त’मा आफ्नो स्वर दिएका हुन्।
हालै सार्वजनिक भएको यस सुमधुर गीतले राम्रो प्रतिक्रिया दिइरहेको छ। यस गीतका लेखक ध्रुव केसी हुन्।
यसमा संगीत सुरज तामाङ स्वयंकै छ। एरेन्जर देवश राई हुन्। यस गीतमा अभिनय सिम्पल खरेल र बिमल पुरीको रहेको छ।
सुरजले भिजा पासपोर्ट, टुहुरो, यो पल्टन, ल्होछार मेलाजस्ता चर्चित गीत गाइसकेका छन्। यस्तै उनले चलचित्र प्रेम दिवसको चर्चित गीत ‘फुल दिए’मा पनि स्वर दिएका छन्।
भिडियो
3
Shares

प्रतिक्रिया