रणवीर कपुर स्टारर बलिउड फिल्म ‘एनिमल’ ले आक्रामक सुरुवात गरेको छ। यस फिल्मले पहिलो दिन विश्वभर ११६ करोड भारतीय रुपैयाँको व्यापार गरेको हो। ओपनिङ डेको वर्ल्डवाइड कलेक्सनबारे निर्माण टिमले जानकारी दिएका हुन्।
त्यसैगरि, भारतीय बक्सअफिसमा भने फिल्मले ६३ करोड ८० लाख भारुको आकंडा पार गरेको छ। जसमा हिन्दी संस्करणतर्फ ५४.७५ करोड र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ।
योसँगै ‘एनिमल’ हिन्दी फिल्म इतिहासमै सर्वाधिक तेस्रो ओपनिङ गर्ने फिल्म बनेको छ। ६५.५० करोड भारुसहित ‘जवान’ पहिलो स्थानमा र दोस्रो स्थानमा रहेको ‘पठान’ ले ५५ करोड भारु कमाएको थियो। ‘केजीएफ २’ र ‘वार’ को हिन्दी ओपनिङ डे कमाईलाई भने ‘एनिमल’ ले पछि पारेको छ।
विश्वव्यापी कलेक्शनको हिसाबले एनिमलले शाहरुख खानको फिल्म ‘पठान’ को रेकर्ड तोडेको छ। पठानले पहिलो दिन विश्वभर १०६ करोड रुपैयाँ कमाएको थियो। पठानको रेकर्ड तोडेपनि ‘जवान’ लाई भने जित्न सकेन। जवानले पहिलो दिन १ सय २५ करोड कमाएको थियो।
शनिबार र आइतबार पनि फिल्मको कमाईमा उछाल आउन सक्छ। अग्रिम बुकिङको हिसाबले पहिलो सातासम्म फिल्मले घरेलु बक्स अफिसमा १८०–२०० करोडभन्दा बढीको कलेक्सन गर्ने अनुमान गरिएको छ।
एनिमलले आक्रामक कमाई गरेपनि विक्की कौशलको ‘सामबहादुर’ को कमाई कमजोर छ। यस फिल्मले पहिलो दिन भारतभरि ६.२५ करोड भारु कमाएको छ
Shares
प्रतिक्रिया