ad ad

कला


‘चित्रा’ को फस्टलुक पोस्टर सार्वजनिक

‘चित्रा’ को फस्टलुक पोस्टर सार्वजनिक

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १५:५१, काठमाडौँ

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले छुट्टाछुट्टै तीन पोस्टर सार्वजनिक गरेको छ।

पोस्टरमा फिल्मका मुख्य कलाकारले स्थान लिएका छन्। पुस २७ गतेबाट रिलिज हुने फिल्मले बाबुछोरीको कथावस्तुलाई समेटेको छ।

‘चित्रा’मा सन्तोष अधिकारी, अर्पण थापा, शुभेक्षा खड्का, मेनुका प्रधान, अन्जना बराइली र प्रमोद अग्रहरि लगायतको अभिनय छ।

यसअघि निर्देशक घनश्यामले फिल्म ‘पञ्चेबाजा’ बनाएका थिए।

‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैँ कार्यकारी निर्मातामा रहेका छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यस फिल्ममा महेश पौडेलको छायाङ्कन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .