अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन्। मंगलबार निर्माण टिमले फिल्मको टिजर र पोस्टर सार्वजनिक गर्दै प्रदीपले बलिउडमा इन्ट्री गर्न लागेको जानकारी दिएको हो।
सार्वजनिक टिजरमा प्रदीपले निर्वाह गर्ने चरित्रलाई प्रस्तुत गरिएको छ। टिजर हेर्दा फिल्म सिकारीको कथामा बन्ने अनुमान लगाउन सकिन्छ। यो फिल्म सन् २०२४ मा रिलिज हुनेछ।
जीवन थापाको निर्देशन हुने यो फिल्म हिन्दीसहित दक्षिण भारतीय भाषाहरूमा समेत बन्नेछ। सुवास कालेसहित रञ्जनकुमार गुप्ता र राजन कुँवर फिल्ममा निर्माताका रूपमा रहेका छन्।
सुवासले प्रदिपको पछिल्लो फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणमा लगानी गरेका थिए।
138
Shares

प्रतिक्रिया