ad ad

कला


युवराज भुसालको खेली दोहोरी ‘के पीर पर्‍यो बहिनी’ बजारमा (भिडियो)

युवराज भुसालको खेली दोहोरी ‘के पीर पर्‍यो बहिनी’ बजारमा (भिडियो)

नेपालखबर
माघ १८, २०७६ शनिबार ८:२०,

लोकगायक युवराज भुसालले नेपालको पश्चिमी क्षेत्रमा गाइने खेली दोहोरी ‘के पीर पर्‍यो बहिनी’ बजारमा ल्याएका छन्।

अघिल्लो पुस्तामा लोकप्रिय रहेको खेली गीत पछिल्ला दशकहरुमा लोप हुँदै गइरहेका बेला उदीयमान लोकगायक भुसालले त्यसलाई फेरि नयाँ पुस्ताबीच परिचित गराउने उद्देश्यका गीत ल्याएका बताएका छन्।

गायक भुसालले गीतको म्युजिक भिडयो शुक्रबार आफ्नै आधिकारिक युट्युव च्यानल युवराज भुसालमार्फत् सार्वजनिक गरेका हुन्।

‘संस्कार र संस्कृतिको संरक्षणका लागि लोपोन्मुख खेली दोहोरी गीतको संकलन र प्रवद्र्धनको उद्देश्यले सो एल्बम ल्याएको हुँ’, उनले भने।

भुसालकै लय र शब्द रहेको सो गीतमा उनलाई गायिका लक्ष्मी न्यौपानेले साथ दिएकी छन् भने संगीत संयोजन विमलराज क्षेत्रीले गरेका हुन्।

गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् भने निर्देशक भट्ट र आयुष्मा कार्कीले अभिनय गरेका छन्। भिडियोका छायाँकन राजेश घिमिरेले गरेका छन् भने सम्पाद विष्णु शर्मा र अडियो मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन्।

२०६४ सालमा सूर्यकुमार क्षेत्रीको शब्दमा ‘तिर्खा पानीको’ भन्ने एल्बमबाट संगीतक्षेत्रमा व्यवसायिक यात्रा शुरु गरेका भुसालले त्यसपछि ‘दिलमा लेखिएसी’, ‘मनको धोको मनमै रहेसी’, ‘नरोही नरोही बस मेरी सानी’, ‘सरर आयो पर्वतमा मोटर’लगायतका एल्बम बजारमा ल्याइसकेका छन्। विमलराज क्षेत्रीलाई आफ्नो गुरु ठान्ने उनले मनको धोको एल्बममा उनीसँग स्वर दिएका छन्।

‘युवराजका लोकगीतमा आफ्नै समाज, संस्कृति र सभ्यताको झलक पाइन्छ। उनका गीतमा कालीगण्डकी क्षेत्रको आञ्चलिकता र लय झल्किन्छ,’ गायक विमलराज क्षेत्रीले नेपालखबरसँग भने।

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .