ad ad

कला


‘दिमाग खराब’बारे निर्माता संघ र चलचित्र संघको वार्ता निष्कर्षविहीन

‘दिमाग खराब’बारे निर्माता संघ र चलचित्र संघको वार्ता निष्कर्षविहीन

नेपालखबर
मंसिर ५, २०८० मंगलबार २०:३८, काठमाडौँ

चलचित्र ‘दिमाग खराब’ को विषयमा नेपाल निर्माता संघ र नेपाल चलचित्र संघबीचको वार्ता सकिएको छ।

दुई पक्षबीच मंगलबार भएको वार्ता निष्कर्षविहीन भएपछी पुनः छ्लफल गर्ने सहमतिसहित वार्ता टुंगिएको निर्माता अध्यक्ष नवल खड्काले नेपालखबरलाई जानकारी दिए। 

‘आज वार्ता नसकिएपछि भोलि पुनः बस्ने सहमतिसहित वार्ता सकिएको छ। अब भोलि नै निर्णय हुन्छ,’ उनले भने। 

हलमा प्रदर्शनरत फिल्म ‘दिमाग खराब’ को विषयमा छलफल गर्न नेपाल निर्माता संघ र नेपाल चलचित्र संघले वार्ता टोली गठन भएको थियो। 

कात्तिक २९ गते निर्देशक निश्चल बस्नेतले फेसबुक लाइभ आएर हलहरुले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रदर्शन रोक्ने चेतावनी दिएका थिए।

एक विज्ञप्ति निकाल्दै विदेशी फिल्म बराबर सो र आन्दानीको ५० प्रतिशत हिस्सा पाउनुपर्ने माग थियो। यी दुवै माग पूरा नभए प्रदर्शन नै रोक्ने निर्माण टिमको चेतावनी थियो।

त्यसको भोलिपल्ट निर्माता टिम र नेपाल चलचित्र संघबीच वार्ता भएको थियो। शो बाँडफाँटको कुरा मिलेपनि सेयर बाँडफाँटको कुरा मिल्न सकेन।

मंसिर ५ गते वार्तामा बस्ने सहमति भएसँगै निर्माण टिमले प्रदर्शन नरोक्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .