चर्चित कवि तथा गीतकार रामबाबु सुवेदीको ‘आयो दिदी तिहार’ बोलको गीत सार्वजनिक भएको छ।
रामबाबु सुवेदी युट्युब अकाउन्टमार्फत सार्वजनिक बाल गीतले दिदीभाइबीचको मायालाई समेटेको छ।
सुवेदीकै शब्द रहेको गीत निमेश शर्मा, प्रशान्त तामाङ र सञ्जीव शर्माले गाएका हुन्।
दीपक शर्माले संगीत भरेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन र मास्टरिङ गरेका हुन्।
यस गीतले देउसीभैलोको माहोललाई पनि समेटेको छ। साथै गीतमा भाइटीका लगाउनेदेखि दक्षिणा दिनेसम्मका कुरा छन्।
गीतको भिडिओमा सर्व भुसाल, निशा पाण्डे, निराजन बम, ग्रिष्मा खनाल, समिप श्रेष्ठ, उन्माया विक, रोशन घर्ती मगर, अजिब भुसाल, सृष्टि खत्री, पद्मा मगर, विवेक तामाङ, सुचिता जीसी, आयुष कँडेल, बिपिसा पोख्रेल, असीम थारू, सदीक्षा थारू, अच्युत घर्ती मगर, अबिता राना, प्रिन्स गैरे, आरोही पीसी र अतुलदीप खनालले अभिनय गरेका छन्।
भिडिओ-
Shares
प्रतिक्रिया