ad ad

कला


भारतीय गीतकार समीर नेपाल आउँदै, काठमाडौँमा अभिनन्दन गरिने

भारतीय गीतकार समीर नेपाल आउँदै, काठमाडौँमा अभिनन्दन गरिने

रासस
कात्तिक २४, २०८० शुक्रबार १३:४७, काठमाडौँ

प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ। बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाइसकेका छन्। उनले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेर रेकर्डमा नाम दर्ता गराएका छन्।

गीतकार समीरले सन् १९८३ मा गीत रचना सुरु गरेका हुन्। उनले भारतमा निर्मित विभिन्न भाषाका चलचित्रका लागि गीत रचना गरिसकेका छन्। उनले लेखेका गीतहरू हिन्दी चलचित्रका नेपाली पारखीमाझ पनि निकै लोकप्रिय छन्। 

उनलाई आगामी मङ्सिर २ गते काठमाडौँमा लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको संयुक्त आयोजनामा ‘समिर अभिनन्दन’ले सम्मान गर्न लागिएको हो।  साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीले प्रसिद्ध गीतकार समीरलाई सम्मान गर्न पाउनु खुसीको कुरा भएको बताए। 

गीतकार समीरले रचना गरेका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’लगायत गीत लोकप्रिय छन्। यी गीत नेपालमा पनि अधिक रुचाइने हिन्दी गीतमा पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .