ad ad

कला


फ्राइडे रिलिज : हलिउड फिल्मसँगै ‘दिमाग खराब’ प्रदर्शनमा

फ्राइडे रिलिज : हलिउड फिल्मसँगै ‘दिमाग खराब’ प्रदर्शनमा

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार ८:५४, काठमाडौँ

आज (शुक्रबार) एक नेपाली र एक विदेशी फिल्म हलमा लागेका छन्। नेपालीतर्फ निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ रिलिज हुँदा हलिउड फिल्म ‘द मार्वल्स’ रिलिज भएको हो। 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलगायका हलहरुमा ‘दिमाग खराब’ ले पहिलो दिन उत्साहजनक शो पाएको छ। क्यूएफएक्समा हलिउड फिल्म ‘द मार्वल्स’ले ४८ शो पाउँदा दिमाग खराबले ५८ शो पाएको छ। 

त्यसैगरी ‘दिमाग खराब’ लाई आज वान सिनेमाजले १०, एफक्युबले ६, आईएनआई सिनेमाजले १४, क्युजसिनेमाजले ५, रञ्जनाले ७, सिकेसिनेमाजले ५ र सीडीसीले ३ शो दिएका छन्। 

यस फिल्ममा निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा,  विजय बराल, पुस्कर गुरुङलगायतको अभिनय छ।
रौनक निर्माता रहेको फिल्मको कथा आकाश बरालको लेखेका हुन्। २ घण्टा २८ मिनेटको फिल्मले राजनीतिक पृष्ठभूमिमा आम मानिसको कथा भन्छ।

हलिउडको प्रतिक्षित सुपरहिरोइन फिल्म ुद मार्वल्सु एक्सन र एड्भान्चर जनरामा बनेको हो। निया डाकोस्टा निर्देशित यस फिल्ममा ब्री लार्सन, इमान भेलानी, टेयोना पेरिस, सैमुएल एल ज्याक्सन लगायतका कलाकारहरुको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .