ad ad

कला


अस्ताइन् नृत्यमा पंख लगाउँदै गरेकी दीपाशा

अस्ताइन् नृत्यमा पंख लगाउँदै गरेकी दीपाशा

कलाकार दीपाशा बिसी


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार १६:४३, काठमाडौँ

कलाकार तथा मोडल दीपाशा बिसीको निधनको खबर भाइरल भएको छ।

गएराति विष पिएकी बिसीलाई उनको परिवारले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि ल्याएको थियो।

उनको बिहीबार मध्यान्ह १२ बजे निधन भएको भन्ने खबर सार्वजनिक भएको छ। तर उनका केही आपन्तले उनको अवस्था चिन्ताजनक रहेको बताइरहेका छन्। 

तर सामाजिक सञ्जालमा भने सबै कलाकारहरूले उनको तस्बिर राखेर श्रद्धाञ्जली दिइरहेका छन्। सुर्खेतस्थित उनलाई नजिकबाट चिन्ने आफन्तहरूले पनि उनको निधन भएको बताइरहेका छन्।

काठमाडौं प्रहरी परिसरका एकजना अधिकारीले पनि नर्भिकमा लगिएकी दीपाशाको निधन भएको पुष्टि गरेका छन्। 

अभिनेत्री तथा मोडल दीपाशा बिसी सुर्खेतमा जन्मिएकी थिइन्। 

सानैदेखि धेरै बोल्ने स्वभावकी उनले देखेको पहिलो सपना नै नृत्य गर्नु थियो। त्यहीकारण स्कुलका थुप्रै कार्यक्रममा नृत्य गरेको बताउँथिन्। 

तर, बुवाआमाले नृत्यमा देखेको उनको सपनालाई मन पराउँदैनथे। दीपाशाले एकदिन आफ्नो सपना र संघर्ष सम्झिँदै भनेकी थिइन्, ‘हाम्रोतिर नृत्य गर्नुलाई राम्रो मानिदैँनथ्यो। त्यसमाथि छोरी मान्छेले नाच्दा उत्ताउलो भई भन्थे।’

स्कुल पढ्दा नै उनले सुर्खेतकै स्थानीय नृत्य समूह बागिनामा भर्ना भएर नृत्य सिकेकी थिइन्। बागिना समूहले त्यतिबेला लोक नृत्य सिकाउँथ्यो।

सन् २०११ म गोपीकृष्ण फिल्मसले ‘को बन्छ कलाकार’ नामको रियालिटी शो गर्ने भयो। दीपाशाले सुर्खेतबाटै अडिसन दिइन्।

अडिसनपछि उनलाई गोपीकृष्ण फिल्म्सले प्रतियोगिताको अन्य चरणका लागि काठमाडौं बोलायो। उनको त्यो यात्रा उत्कृष्ट २० मा पुगेर टुङ्गियो। 

‘को बन्छ कलाकार’कै क्रममा दीपाशाको भेट चलचित्र निर्माता तथा निर्देशक शोभित बस्नेतसँग भयो। शोभितले उनलाई ‘दुलही रानी’ फिल्ममा खेलाए।

यो फिल्ममा दीपाशाले छोटो भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि उनले ‘यही त होला माया भनेको’बोलको लोकगीतमा अभिनय गरिन्।

यस गीतपछि दीपाशाले लगातार लोक गीतका म्यूजिक भिडिओमा आफ्नो नृत्य र अभिनय कौशल देखाइन्।

ल्गातार म्यूजिक भिडिओमा काम गरिरहेकी दीपाशालाई टेलिभिजनमा पहिलो पटक देख्दा हजुरआमाले धेरै चित्त दुखाएकी थिइन्। जुन कुरा दीपाशाले साथीहरूलाई सुनाउने गरेकी थिइन्।

दीपाशाका बुवाआमाले पनि छोरीको अभिनय मोहलाई लिएर लामो समय मन दुखाए। समाजका सदस्यले दीपाशाका बुवाआमा भनेर चिन्न थालेपछि मात्रै परिवारले उनको कामलाई मनैबाट स्वीकारेका एक भेटमा दीपाशाले सुनाएकी थिइन्।

लोक संगीत क्षेत्रकी लोकप्रिय मोडल दीपाशाले थुप्रै आधुनिक गीत र केही फिल्ममा पनि अभिनय गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .