ad ad

कला


कसले गर्ला लियोलाई ओभरटेक? (भिडिओ)


श्रीजु सरल
कात्तिक २३ , काठमाडौँ

दक्षिण भारतीय सुपरस्टार विजय थलपतिको सिनेमा ‘लियो’को माहोल तेस्रो सातासम्म पनि घटेको छैन।

नेपालका क्युएफएक्स सिनेमाजका फ्रेन्चाइजसहितका हलहरूमा लागिरहेको यो फिल्म नेपाली दर्शकलाई पनि तानिरहेको छ।

आफ्ना फ्यानहरूमाझ दक्षिण भारतका शाहरुख खानका रुपमा चिनिने विजयको क्रेजका कारण मात्रै फिल्म चलेको होला त? या लियोले अरू पनि केही दियो दर्शकलाई?

क्राइम सेन्सबाट सुरु हुने यो एक्सन थ्रिलर सिनेस्टोरी फ्यामिली ड्रामामा आधारित छ। विजयको क्यारेक्टर पार्थिवनले ग्याङस्टरहरूबाट आफ्नो परिवारलाई बचाउन कुन हदसम्म जानुपर्छ? फिल्मको कहानी यसकै वरिपरि घुम्छ। 

मल्टिपर्सन न्यारिटिभ्सका कारण कतिपय दर्शकलाई कहानी छरपस्ट लाग्नसक्छ। फिल्मको कहानी पनि नयाँ भने होइन। त्यसो त सस्पेन्स पनि प्रेडिक्टेबल नै हो।

यति हुँदाहुँदै पनि फनी डाइलग्स् र क्यारेक्टरको स्वागका कारण युवा पुस्ताका लागि फिल्म रोचक बनेको छ। 

दक्षिण भारतीय सिनेमामा ह्युमर अर्थात् हास्यरस अत्यधिक पाइन्छ। लियोमा भने ह्युमर चाहिने ठाउँमा मात्रै भेटिन्छ। खानाको थालीमा चटनीजस्तो- ठिक्क! ट्वाक्क!! 

साउथ इन्डियन सिनेमा नछुटाई हेर्ने दर्शकलाई भने फिल्म हेर्दै गर्दा देजा भु पनि हुनसक्छ। लौ, यस्तै सेन्स त मैले पहिला पनि कतै हेरिसकेथेँ!, यस्तै लाग्न सक्छ।

किनभने, सन् २०१९ को कैथी र २०२२ को  विक्रमपछि लोकेस सिनेम्याटिक युनिभर्स– एलसीयूको अर्को पार्ट हो लियो! एलसीयूको चौथो पार्ट पनि बन्नेछ भन्ने त यही फिल्मबाटै निर्देशक लोकेश कनगराजले छनक दिएकै छन्। 

लिड रोलमा विजयलाई साथ दिन कैमियोमा बलिउडबाट सञ्जय दत्तसमेत दक्षिण पुगेका छन्। कहिलेकाहीँ कैमियो रोलले लिड रोललाई ओभरटेक गरिरहेको हुन्छ। तर, विजयलाई...सरी पार्थिवनलाई कसले ओभरटेक गर्ने? लियोले? त्यसो भए लियोलाई कसले? 

खैर, फिल्मले आखिर के भन्छ त? मान्छेले जन्मिँदै...रगतमै लिएर आएको आफ्नो प्राकृतिक गुणलाई जतिसुकै दबाउन खोजोस्, कुनै न कुनै दिन त्यो गुण बाहिर निस्किएरै छाड्छ। फिल्मको यो सन्देशप्रति तपाईं सहमत हुनुहुन्छ? 

वेल,
१. आब्स्यूलूट थ्रिल 
२. ओभियस स्टोरी 
३. कन्भिन्सिङ पफमेन्स 
४. अथेन्टिक सिनेम्याटोग्राफी
५. फनी डाइलग्स्
६. ब्यालेन्स्ड ह्युमर
७. वेल ब्लेन्ड ब्याकग्राउन्ड सोर्स

यी भए फिल्मका बलिया पक्ष, तर फिल्ममा कतै कमजोरी नै छैनन् त?

पक्कै छन्। 

सस्पेन्स प्रिडेक्टिबल नहुन्थ्यो भने त अझै कति मज्जा आउँथ्यो होला?  फ्यामिली ड्रामा छँदै थियो, क्राइम छँदै थियो, एक्सन थ्रिलर हुँदै हो...थोरै, साइकोलोजिकल थ्रिल पनि भइदिन्थ्यो त? सुनमा सुगन्ध हुन्थ्यो होला।

अनि,

पार्थिवनको शरीरमा कुनै निसान हुनुपर्ने होइन र ? साँच्चै, कुन निसान? 

पख्नुस्! 

सबै कुरा मैले मात्रै किन बताऊँ? यसको जवाफ खोज्ने जिम्मा भने तपाईंहरूकै।

भिडिओ

कात्तिक २३, २०८० बिहिबार ११:३७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .