समाज


भूकम्प प्रभावित क्षेत्रमा काठमाडौं महानगरले पठायो राहत सामग्री

भूकम्प प्रभावित क्षेत्रमा काठमाडौं महानगरले पठायो राहत सामग्री

नेपालखबर
कात्तिक २०, २०८० सोमबार २१:१०, काठमाडौँ

काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्पका प्रभावितहरुका लागि २ हजार थान ब्ल्याङ्केट पठाएको छ। यससँगै २ हजार घर परिवारका लागि खाद्यान्न राहत, औषधि तथा सफाइ सामग्री पठाउने तयारी गरेको छ। 

नेपाली सेनाको स्काइ ट्रकबाट ब्ल्याङ्केट पठाइएको हो भने राहतका प्याकेट स्थल मार्गबाट पठाउने तयारी गरेको छ। 

राहत सहयोगसँगै प्राविधिक सहयोग आवश्यक परे काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख बालेन्द्र शाहले बताएका छन्।

प्रभावित क्षेत्रमा खाद्यान्नमा ५ किलो चामल, २ किलो चिउरा, १ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल राखिएको छ।

विपद व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमले भने, ‘सरसफाइ तथा औषधिजन्य सामग्रीमा ५०० एमएलको सेनिटाइजर, २ वटा हात धुने साबुन, एउटा पानी शुद्धिकरण गर्ने प्युरिफायर झोल, १० वटा भएको १ प्याकेट सेनिटरी प्याड, ५ प्याकेट जीवन जल, २ फाइल सिटामोल र फोहोर राख्ने १० वटा भएको प्लाष्टिकको ठूलो थैलो १ प्याकेट पठाउने तयारी गरिएको छ।’

कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं. १ रामीडाँडा केन्द्रबिन्दु भएको ६।४ म्याग्निच्युटको भूकम्प गएको थियो।

नेपाल प्रहरीका अनुसार त्यस भूकम्पबाट ९ सय बढी भवन पूर्ण क्षति भएका छन् भने २ हजार ९ सय भवनमा आंशिक क्षति भएको छ। १५३ भन्दा धेरैको मृत्यु भएको छ। २५० भन्दा धेरै घाइते भएका छन्। 

उपचारपछि १५० भन्दा धेरै व्यक्ति घर फर्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .