ad ad

कला


अस्ट्रेलियामा गायक सुगम पोखरेलले दर्शकलाई किन हाने माइक? (भिडिओ)

अस्ट्रेलियामा गायक सुगम पोखरेलले दर्शकलाई किन हाने माइक? (भिडिओ)

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १०:४५, काठमाडौँ

गायक सुगम पोखरेलले दर्शकलाई माइकले हिर्काएका छन्। अस्ट्रेलियामा भएको सांगीतिक कन्सर्टमा उनले दर्शकलाई माइकले हानेका हुन्। 

सार्वजनिक भिडिओमा सुगम स्टेजमा उक्लिएसँगै दर्शकहरू कुराकानी गर्छन्। सोहीबीच उनी नेपालमा भूकम्प गएको खबरले निकै दु:खी भएको बताउँछन्।

भन्छन्, ‘नेपालमा भुँइचालो गएको छ। १३० जना बित्नुभएको छ जसले मलाई निकै दु:ख लागिरहेको छ। जसमा हाम्रै परिवारको मान्छेहरू पनि हुनसक्छन्। काठमाडौंमा हरेक घरको मान्छे छन्। त्यसैले उहाँहरूको लागि मौन धारण गरौँ।’  

मौनधारण गर्न सुगम एकछिन चुप बस्छन्। तर, दर्शक हल्ला गर्न छाडदैनन्। बारम्बार मौन धारण गर्न आग्रह गर्दा हल्ला नरोकिएपछि सुगम आक्रोशित हुँदै दर्शकदीर्घामा गएर एक युवकलाई माइकले हानेको भिडिओमा देख्न सकिन्छ।

जुन भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

हेर्नुहोस् भिडिओ

@khabarnews00 Jhap ma sugam phokrel #ausmandu #goviral #nepalipara #sugampokhrel #nepaliartist #concert #goviral #drunktok ♬ original sound - Khabar ko khabar

साथै सुगमको व्यवहारप्रति धेरैले आलोचना गरिरहेका छन्।

विदेशी कार्यक्रममा रक्सी खाएर अमर्यादित हर्कत गरेर कला क्षेत्रलाई नै असर पर्ने कार्य गरेको आरोप लगाइएको छ।

चर्को आलोचना भएसँगै सुगमले पनि भिडिओ सन्देश जारी गर्दै स्पष्टीकरण दिएका छन्। दर्शक निकै संवेदनाहीन भएको उनको भनाइ छ। 

उनले भिडिओमा भनेका छन्, ‘के हाम्रो नेपाली समाज यति संवेदनाहिन भएको हो र?  सन्दर्भ अहिले म भाइरल भइरहेको रहेछु। देशलाई दुखिरहेको छ अहिले खासमा। भुँइचालोका कारणले। देशलाई दुख्दा मलाई दुख्छ। म नेपाली कलाकार हुँ। र, हिजोको कार्यक्रममा मौनधारण गरौँ भन्दाखेरि, तपाईंहरूले भिडिओमा हेर्नसक्नुहुन्छ। त्यो एक्सनको रियाक्सन थियो, त्यसैको कारण मात्र भएको हो। कसैको चित्त दुखाएको भए क्षमा चाहन्छु। तर, जहिले पनि नेपाली संगीतको सेवा गर्नेछु।’

हेर्नुहोस् भिडिओ

@sugampokharel1mb

Proud To be Nepali Artist🤟

♬ original sound - Sugam Pokharel

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .