ad ad

कला


घाँस काट्दै गर्दा लडे कलाकार प्रकाश घिमिरे, अवस्था गम्भीर

घाँस काट्दै गर्दा लडे कलाकार प्रकाश घिमिरे, अवस्था गम्भीर

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १२:२, पाेखरा

वरिष्ठ कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका छन्। 

शुक्रबार बिहान पोखरा ३, नदीपुरको बालमन्दिर नजिकै घाँस काट्ने क्रममा लड्दा कलाकार घिमिरे घाइते भएका हुन्। 

उनको हाल पोखराको मणिपाल अस्पतालको आइसीयूमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको र रिपोर्ट आउन बाँकी रहेको उनका छिमेकी प्रेम शेरचनले जानकारी दिए।

घिमिरेले घरमा गाई पाल्दै आएका छन्। उनको दैनिकी गोठबाटै सुरु हुन्छ। 

आज बिहान भने घिमिरे प्रेम शेरचन र गायक विनोद बानियाँसँगै मर्निङ वाकमा निस्केका थिए। 

भलामबाट फर्किएपछि उनी सोझै घर गए। उमेरले केही जेठा तर अभिन्न मित्र प्रेम शेरचनका अनुसार मर्निङ वाकको क्रममा प्रकाशले गाईले बहर खोजेको र कृतिम गर्भाधानको लागि भेटेनरी डाक्टरलाई बोलाएको कुरा गरेका थिए।

‘फर्कँदै गर्दा भेटेनरी डाक्टरको फोन आयो, प्रकाश घर गयो। बिहान खाजा पनि सँगै खाएको हो,’ शेचरनले भने, ‘त्यसपछि ऊ घाँस काट्न गयो। म कुखुरालाई दाना बनाउँदै थिएँ, ऊ घाँस काट्दै थियो। पर्खालको ब्लक समातेर डालेघाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर ऊ तल खसेर गम्भीर घाइते भयो।’ 

प्रकाश प्रेमको घर नजिकै घाँस काट्ने क्रममा लडेका हुन्।
 
कलाकार प्रकाश घिमिरे घाइते भएसँगै देश विदेशबाट उनको स्वास्थ्यलाभको कामना गरिएको छ। पोखराका मेयर धनराज आचार्यले उनको स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कसर बाँकी नराखिने बताएका छन्।

लोकप्रिक कलाकार घिमिरे अभिनित चलचित्र ‘भष्मे डन’ अहिले देशभरको फिल्म हलमा चलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .