ad ad

कला


दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

दसैँमा प्रदर्शन भएका चलचित्रलाई दर्शकको साथ

नेपालखबर
कात्तिक ८, २०८० बुधबार १५:२८, काठमाडौँ

नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ। दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन्। त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता लागिपर्ने गरेका छन्। वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दसैँ विशेष हुने बताए।

‘अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न आउने दर्शकको चाप वढेको पाइन्छ। यस्तो समयमा विशेषत पारिवारिक कथावस्तुमा निर्माण गरिएका चलचित्रले बढी दर्शक पाउने गरेका छन्’, वितरक श्रेष्ठले भने। उनले वितरण गरिरहेको ‘पशुपति प्रसाद २ : भष्मे डन’ ले पहिलो दिन रु दुई करोडको हाराहारीमा व्यापार गरेको जानकारी दिए।

‘नेपालमा पारिवारिक विषयमा बनेका चलचित्र वा परिवारसँगै चलचित्र भवनमा पुगेर हेर्ने चलचित्रको व्यापार राम्रो हुने गरेको छ। त्यसैले त्यस्ता चलचित्र दसैँको समयमा प्रदर्शन गर्नु उपयुक्त हुन्छ’, उनले भने।

ओटीटी (ओभर द टप) प्रति कोभिड १९ नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका समयमा आकर्षण बढेपछि चलचित्र भवनमा दर्शकको सङ्ख्या घट्ने अनुमान गरिएको थियो। तर अहिले दर्शकको आकर्षण पुनः चलचित्र भवनमा बढेको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताए।

‘नेपालको मौलिक विषयमा चलचित्र निर्माण गर्नसके दर्शकले साथ दिनुहुन्छ भन्ने प्रमणित भएको छ। किनकि व्यापारमा रेकर्ड बनाउन सफल चलचित्रमा मौलिकता पाइन्छ’, कार्यकारी निर्माता बानियाँले भने। उनले नेपाली चलचित्रहरू विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्षम भइसकेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .