ad ad

कला


‘परदेशी–२’को गीत ‘कुरा सिधा छ’ युट्युबमा सार्वजनिक

‘परदेशी–२’को गीत ‘कुरा सिधा छ’ युट्युबमा सार्वजनिक

नेपालखबर
कात्तिक १, २०८० बुधबार २०:३८, काठमाडौँ

प्रदर्शनरत चलचित्र ‘परदेशी–२’को डान्सिङ नम्बरको गीत ‘कुरा सिधा छ’ युट्युबमा सार्वजनिक गरिएको छ।

चलचित्र प्रदर्शनको छैठौं दिन बुधवार निर्माण टिमले गीतको पुरा भिडियो सार्वजनिक गरेको हो। यो गीत यसअघि‘बिहाइन्ड द सिन’सहित लिरिकल शैलीमा ल्याइएको थियो।

यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटी प्रस्तुत छन्। प्रताप दास र मिना निरौलाले गीतमा स्वर दिएका छन् । बि।बि अनुरागीको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई गोविन्द राईले कोरियोग्राफी गरेका हुन्।

बडा दशैंको अवसर पारेर प्रदर्शनमा आएको ‘परदेशी–२’ले हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ। चलचित्रले चार दिनमा (सोमवारसम्म) २ करोड हाराहारी ग्रस कलेक्सन गरेको रिपोर्ट निर्माण पक्षले सार्वजनिक गरेको थियो। मंगलवार र बुधवार पनि चलचित्रले देशभरका हलमा दर्शकको राम्रो साथ पाएको छ।

नारायण रायमाझीको निर्देशन रहेको चलचित्रको कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ। राजेश वंशल र निर्देशक रायमाझी मिलेर चलचित्र निर्माण गरेका हुन्।

परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेश गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .