कला


शम्भुजित बाँस्कोटालाई दीर्घ साधना, शिव परियारलाई दशक सम्मान

शम्भुजित बाँस्कोटालाई दीर्घ साधना, शिव परियारलाई दशक सम्मान

नेपालखबर
असोज २६, २०८० शुक्रबार १३:५१, काठमाडौँ

चौथो ओएस नेपाल म्यूजिक अवार्ड समारोहमा वरिष्ठ संगीतकर्मी शम्भुजित बाँसकोटालाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ। बिहीबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न कार्यक्रममा बाँस्कोटालाई उक्त सम्मान प्रदान गरिएको हो।

मञ्चमा बाँस्कोटालाई सम्मान गर्दै गर्दा दर्शक दीर्घामा उपस्थित भएका सबै उठेर सम्मान प्रकट गरेका थिए।

लगत्तै सुगम संगीतका लोकप्रिय गायक शिव परियारलाई दशकको सम्मान प्रदान गरियो। शिवले आफूले पहिलो पटक शम्भुजितकै गीत गाएको, त्यो धेरै पछि थाहा भएको स्मरण गर्दै गीत गाए। शम्भुजित दर्शकदीर्घाबाट उठेर मञ्चमा गए र शिवलाई अंगालो हालेर गीत गाए। महोल एकै छिन् भावुक बन्यो।

अवार्ड समारोहमा गीत/संगीतका ६१ विधाका स्रष्टालाई अवार्ड वितरण गरियो। पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, सांसद ज्ञानेन्द्र शाही, गायक रामकृष्ण ढकाललगायतले आतिथ्यता ग्रहण गरेको समारोहमा रंग पत्रकारलाई समेत सम्मान गरियो।

गायिका जुनु रिजालले उत्कृष्ठ सुगम संगीत गायिकाको अवार्ड उचाल्दा संगीतकार दीपक शर्माले उत्कृष्ठ पप संगीतकारको अवार्ड उचालेका छन्। श्रीकृष्ण बम मल्लले उत्कृष्ठ लोकदोहोरी जुरी अवार्ड प्राप्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad