ad ad

कला


चर्चित गीत  ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ अब नयाँ भर्सनमा (भिडिओ)

चर्चित गीत  ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ अब नयाँ भर्सनमा (भिडिओ)

नेपालखबर
असोज १८, २०८० बिहिबार १३:३५, काठमाडौँ

चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा सार्वजनिक भएको छ। 

करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमा कुमारी दुराको स्वरमा आएको गीतलाई नयाँ पुस्ताका कलाकारका स्वर र अभिनयमा बिहीबार फेरि सार्वजनिक गरिएको हो। 

पुष्पाञ्जली म्युजिकबाट सार्वजनिक गीतको नयाँ भर्सनमा स्वर कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीले दिएका छन्।

गीत संगीत संयोजन भने पहिलेको गीतकै संगीत संयोजक विनोद बाजुरालीले गरेका छन्। 

गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियान अन्तर्गत निर्माण भएको छ। जसको निर्देशन पत्रकारितामा समेत सक्रिय डिबी खड्काले गरेका छन्। 

अभिनय सुगम संगीतमा चर्चित रहेका कलाकार सनम कठायत र टेलिसिरियलमा निकै रुचाइएकी कलाकार सरिता ढुंगानाको रहेको छ। 
म्युजिक भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन्। सम्पादन र कलर संयोजन पहिलेकै भिडियोमा समेत गरेका प्रविन भट्टले गरेका छन्।

म्युजिक भिडियोको औपचारिक सार्वजनिकीकरण भने केही समयअघि नै भएको थियो । नेपाली कांग्रेस महामन्त्री गगन थापा र पूर्व पर्यटनमन्त्री प्रेम आलेले पर्यटन बोर्डमा आयोजित ‘दृष्यमा खप्तड’ सार्वजनिक समारोहमा गीतको म्युजिक भिडियो विमोचन गरेका थिए। 

आफ्नो संगीत करियरको टर्निङ प्वाइन्टका रुपमा रहेको गीतलाई नयाँ पुस्तामाझ पुर्यानउन नयाँ भर्सनमा सार्वजनिक गरिएको गीतकार डा.सुवेदीले बताएका छन्। 

उनले भने, ‘आफूलाई मन परेको सिर्जना नयाँ पुस्ताका दर्शकस्रोता माझ पुर्याउने धोको थियो। त्यो पूरा भएको छ।’

लोकसंगीत पारखीले परख गरिसकेको गीतमा आफू जोडिन पाउँदा खुशी लागेको मोडेल सनम कठायतले बताएका छन्। उनले भने, ‘ऐतिहासिक गीतलाई सुन्दर प्राकृतिक दृष्य रहेको अध्यात्मिक भूमि खप्तडमा दृष्यांकन गरेका छौं। मेरो जीवनको सुन्दर काम मध्ये एउटा हो यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .