ad ad

कला


अनमोललाई निर्माताले भनेका थिए : फिल्म सुटिङ गर्न अफगानिस्तान जाने हो

अनमोललाई निर्माताले भनेका थिए : फिल्म सुटिङ गर्न अफगानिस्तान जाने हो

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार १५:१५, काठमाडौँ

पैसा लिएर पनि आफूहरुको फिल्म नखेलेको भन्दै उजुरी दिएपछि पक्राउ परेका नायक अनमोल केसीलाई निर्माता पक्षले सुटिङका लागि अफगानिस्तान लैजान भनेको खुलेको छ।

शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेपछि केसीलाई आइतबार काठमाडौं प्रहरी परिसरको कार्यालय टेकुमा लगिएको छ। जहाँ उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाए।

तर, चलचित्र ‘रावायण’को स्क्रिप्ट नै मन नगरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातातमा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक-निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्म्स तयार नभएको उनले बताएका छन्। 

‘फिल्म सुटिङका लागि मसँग अफगानिस्ता जाने कुरा भएको थियो। निर्माता पक्षले त्यही भनेका थिए’, उनले भने, ‘तर पछि त्यता जाने कुराबाट निर्माता पक्ष पछि हटेको थियो। त्यसबेलासम्म मैले फिल्म खेल्ने भनेर हस्ताक्ष गरेकै थिइनँ। सम्झौता नै नभएको अवस्थामा मेरो खातामा आएको पैसा फिर्ता लैजानु भन्दा पनि उनीहरु मानेनन्।’

अनमोलले आफ्नो खातामा आएको १० लाख फिर्ता दिन खोज्दा निर्माता पक्षले लैजान अस्वीकार गरेको अवस्थामा आफूविरुद्ध उल्टै अन्याय गरिएको बताएका छन्। 

उनले निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको १ करोड ५ लाख रुपैयाँसमेत आफूबाट तिराउन खोज्नु अन्याय हुने पनि बताएका छन्। फिल्म खेल्न सम्झौता नै नभएको अवस्थामा आफ्नो खातामा आएको पैसा उतिबेलै फिर्ता लानु भन्दा नमानेका तिर्माता पक्षले थप १ करोड ५ लाख तिराउन खोजेको उनको गुनासो थियो।

‘मैले फिल्ममा हस्ताक्षर गरेकै थिइनँ। तापनि निर्माताले मेरो खातामा हालेको पैसा लैजानु भनिसकेको थिएँ। पछि प्राविधिकसहित अरुलाई दिएको १ करोड ५ लाख पनि मैले नै दिनुपर्ने भनेछन्’, उनले प्रहरीसँग भनेका छन्, ‘मन नपरेको फिल्म खेल्दिनँ भन्दा उजुरी हालेर अन्याय गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .