ad ad

कला


दया र मिरुनाको ‘रङ्गेली’ को विदेशी राइट बिक्री

दया र मिरुनाको ‘रङ्गेली’ को विदेशी राइट बिक्री

नेपालखबर
असोज १४, २०८० आइतबार १२:२८, काठमाडौँ

छायांकनका क्रममा रहेको नेपाली फिल्म ‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री भएको छ। 

उज्ज्वल गुरागाईं र यूएनए इन्टरटेन्मेन्टले तीन देशको वितरण अधिकार खरिद गरेका फिल्म निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए।

नेपाली फिल्मले ती देशहरूबाट प्राप्त गरिरहेको उच्चतम रकममा अधिकार बिक्री गरिएको खतिवडाले बताए। 

यसअघि अस्ट्रेलियामा पनि ‘रङ्गेली’ बिक्री भइसकेको छ। अस्ट्रेलियाको मेलबर्नमा माघको अन्तिम हप्ता ‘ग्रान्ड प्रिमियर’को समेत तयारी भएको छ।

आगामी मार्च ८ तारिख (महाशिवरात्रिको दिन फागुन २५ गते)मा अस्ट्रेलिया, जापान, कोरिया र हङकङमा यो फिल्म नेपालसँगै रिलिज हुने पक्का भइसकेको छ।

सोही मितिमा रिलिज गर्न यी बाहेकका मुलुकहरूमा पनि वितरकहरूसँग सम्झौता हुने तयारीमा रहेको निर्माता खतिवडाले जानकारी दिए।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतका कलाकारले शीर्ष भूमिका निर्वाह गरेका छन्। 

फिल्मको अहिले मोरङको रङ्गेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड लगायतका क्षेत्रमा छायांकन भैरहेको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .