ad ad

कला


रिमालाई झरनाको चिन्ता

रिमालाई झरनाको चिन्ता

नेपालखबर
असोज ८, २०८० सोमबार १६:१९, काठमाडौँ

अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्म ‘एक भागवत र एक गीता’ले प्रदर्शनको दोस्रो साता पार गरेको छ। यो फिल्मले रिलिज अगाडि निकै सास्ती बेहोर्नु पर्यो। धार्मिक संगठनको विरोधका कारण सेन्सर पासमै लामो समय लाग्यो। फिल्मको नाम नै परिवर्तन गर्नु पर्यो।

फिल्मले रिलिजपछि पनि खासै राम्रो प्रतिकृया पाएन। मिश्रित प्रतिकृया पाइरहेको फिल्मले उठाएको कथावस्तुलाई लिएर समिक्षकहरुले खास राम्रो प्रतिकृया दिएका छैनन्।

यहि बेला अभिनेत्री तथा टिभी प्रस्तोता रीमा विश्वकर्मा झरनाको प्रशंसामा खुलेकी छन्। कलाकार र चलचित्र बाँच्नको लागि निर्माता बाँच्न जरुरी रहेको बताउँदै रीमाले झरनाजस्ता इमान्दार मेकरलाई सेन्सर र समीक्षाको नाममा पिरोल्न नहुने बताएकी छिन्।

रीमा लेख्छिन्, ‘झरना थापा जस्तो इमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समीक्षाको नाममा पिरोलिरहने हो भने नेपाली चलचित्र व्यापार, व्यवसाय र करिअरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्छ।’

उनले अगाडि लेखेकी छिन्, ‘चलचित्र हेरेपछि मभित्रको कलाकारलाई कलाकार ‘झरना थापा’को साह्रै माया लागेर आयो। कलाकार झरना थापाको कलाप्रतिको बुझाइ, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको इमान्दारिता वास्तवमै प्रशंसनीय छ। यत्तिको नेपाली चलचित्र निरन्तर बन्नुपर्छ र झरना थापा जत्तिको निर्देशक, निर्माता टिमलाई हामीले बचाउनुपर्छ।’

रिमाले फिल्म समिक्षकलाई फिल्मको समिक्षा गर्नुपूर्व कला बुझ्न सुझाव दिएकी छिन्।

उनले लेखेकी छिन्, ‘कलाको भन्दा कलाकार, निर्माता र निर्देशन टोलीप्रति पक्षपाती भएर गरिएका समीक्षाको पछि नलाग्नुहोला। राम्रा चलचित्रको मूल्यांकन गर्न हामी आफैं सक्षम छौं। मलाई त मनपर्यो ‘एक भागवत एक गीता।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .