कला


हल उद्घाटनमा भावुक भए दीपक, भने– सिनेमाबाहेक अर्को केही जानेको छैन

हल उद्घाटनमा भावुक भए दीपक, भने– सिनेमाबाहेक अर्को केही जानेको छैन

नेपालखबर
भदौ २९, २०८० शुक्रबार ११:४५, काठमाडौँ

अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरी र दीपाश्री निरौलाले सिनेमा हल सञ्चालनमा ल्याएका छन्। 

बानेश्वरस्थित एनबी सेन्टरमा आईएनआई सिनेमाको फ्रेन्चाइजअन्तर्गत सिनेमा हल सञ्चालनमा ल्याइएको हो।

दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले १० करोड रुपैयाँ लागतमा सिनेमा हल निर्माण गरेका हुन्।

दीपकराज गिरीले ५० प्रतिशत सेयर दिइने बताए। अन्य हलले ४० प्रतिशत सेयर दिइरहेका छन्। 

‘यो हाम्रो पहिलो व्यवसाय हो। आफूले जानेको कुरामै लगानी गरौं भनेर हल खोलेका हौं। यो एक्लै सम्भव थिएन। हाम्रो टिम नै छ। त्यसकारण आज यो सम्भव भएको हो। शो  बाँडफाँडमा हामीले हस्तक्षेप गर्न त मिल्दैन। तर चलिरहेको नेपाली फिल्मलाई हटाउदैनौँ’, दीपकले भने।

हल उद्घाटन समारोहमा दीपक भावुक सुनिए। भने, ‘सानैबाट सिनेमामा अयौं। धेरै थोर कमायौं पनि। थोपा थोपा गरेर कमाएर राखेको पैसा लगानी सोच्दा सिनेमाबाहेक अर्को केही जानेको थिएन।’

उनका अनुसार हल ४ सय सिट क्षमताको छ। यहाँ दुइटा अडिटोरियम हल छन्। 

शुक्रबारदेखि नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’ प्रदर्शनसँगै हल सञ्चालनमा ल्याइएको हो। हलमा बलिउड फिल्म ‘जवान’ र ‘द नन २’ पनि प्रदर्शन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .