अभिनेता मोहित रैनाले हालै कश्मीरमा बिताएको आफ्नो बाल्यकालको सम्झना गरेका छन्।
मोहितले आफू ९ वर्षको हुँदा आफ्नो परिवार कश्मीरमा क्रस फायरमा परेको पनि सम्झना गरेका छन्।
त्यो क्षण आफ्नो जीवनको सबैभन्दा डरलाग्दो क्षण रहेको बताउँदै मोहितले भनेका छन्, ‘कश्मीरको त्यो सम्झनालाई कहिल्यै भुल्न सक्दिन।’
९० को दशकमा काश्मीरमा आतंकवादीहरूका कारण बालबालिकाले पनि त्रासमा बाँच्नु परेको बताएका छन्।
उनले हरेकदिन विद्यालयबाट सुरक्षित घर पुगिन्छ पुगिँदैन भन्ने त्रासमा आफूले पनि बाँचेको बताए।
९ वर्षको उमेरसम्म काश्मीरमा बसेका रैनाले भने, ‘मलाई त्यो दिन अझै याद छ जब मैले मेरो आँखा अगाडि मेरो स्कूल जलेको देखेको छु।’ त्यसपछि उनको परिवार काश्मीर छोडेको थियो।
रैनाले पुराना दिन सम्झँदा आफूलाई पीडा हुने बताएका छन्। भनेका छन्, ‘बाल्यकालमा हामीले कहिलेकाहीँ स्कूल जाने बाटोमा गोली चल्थ्यो। कश्मीरले सानै उमेरमा ठूलो पाठ सिकाएको छ। जीवन–मृत्यु जस्ता कठिन परिस्थितिमा धैर्यता कायम राख्ने र लड्ने पाठ सिकाएको छ।’
रैनाले अगाडी भनेका छन्, ‘अन्य बालबालिकाले जस्तै हामीले सुपरम्यान वा ब्याटम्यानलाई कहिल्यै आफ्नो नायक ठानेनौं। हाम्रा लागि सेनाका जवानहरू हिरो थिए। हामीले जहिले पनि आफ्नो वरिपरि सेनाका जवानहरू हुर्किएको देखेका छौं। बाल्यकालदेखि नै वर्दीमा सैनिक देखेको छु। यही कारणले मैले फिल्म उरीः द सर्जिकल स्ट्राइकमा आर्मी अफिसरको भूमिका पनि निभाएँ।’
मोहित रैना टिभी सिरियल देवों के देव महादेवबाट घर–घरमा चर्चामा आएका थिए।
Shares

प्रतिक्रिया