४० को दशकमा लोकप्रिय भएको गीत ‘नरोउ माया सम्झेर मलाई’ अहिले पनि उस्तै मन पराइन्छ।
अब यो गीतलाई कृष्ण भजनका रुपमा सुन्न सकिन्छ। गीतलाई कृष्ण भजनका रुपमा ‘नरोउ राधा सम्झेर मलाई’ शिर्षमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर रिलिज गरिएको छ।
ओरिजिनल गीतका गायक हरिबहादुर राउतले नै भजन भर्सनमा स्वर दिएका छन्।
पुरानो गीतमा युगल स्वर थिएन। नयाँ गीतमा भने राउत र गायिका कोपिला तामाङ वाइवाले युगल स्वर दिएका छन्।
यस गीतका शब्द संकलक तथा संगीतकार माधव केसी हुन्। नयाँ गीतमा प्रकाश सापकोटा र बिदुर तिमल्सिनाले शब्द रचना गरेका छन्।
भिडियोमा अभिषेक श्रेष्ठ र संगम बिष्टले अभिनय गरेका छन्। श्रेष्ठ कृष्ण बनेका छन् भने बिष्ट राधा बनेकी छन्।
संगमले विसं २०७१ सालमा सौगात बिष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’बाट उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन्।
हरिबहादुर राउत र गोल्डेल हार्ट पिक्चर्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन्। दिनेश पराजुलीको छायांकन रहेको भिडियो सम्पादन प्रविन भट्टले गरेका छन्।
पहिले नै चर्चित बनेको लोकगीतलाई भजन भर्सनमा ल्याएर भक्तिभावमा दर्शकश्रोताबीचमा गीतको फरक स्वाद दिने प्रयास गरेको गायक राउतले बताए।
‘पुराना पुस्ताले अत्याधिक रुचाउनुभएको लयलाई नयाँ र आध्यात्मिक शब्दमा पुनःस्वरांकन गर्दा श्रोताले गीत संगीतको नयाँ अनुभूति लिनुहुनेछ भन्ने विश्वास लिएको छु’, राउतले भने।
Shares
प्रतिक्रिया