उनीहरु दुवै समकालिक कलाकार पनि हुन्। एकअर्काका तारिफ गर्न उनीहरु कुनै समय अघिअघि तम्सिन्थे।
यतिबेला भने दुवैबीच विवाद बढेको छ। विवादका क्रममा नसुरिद्दिन शाहले अनुपम खेरलाई जोकर भन्दा जवाफमा अनुपमले नसुरिद्दिन गँजडी भनेका छन्।
बाबरी मस्जिद सार्ने विषयमा मुस्लिम समुदायका नसुरिद्दिनले सरकारको कार्यको चर्को विरोध गरेका थिए।
हालै मुस्लिम विरोधी मानिएको कानुनमा पनि नसुरिद्दिनले विरोध जनाइरहेका छन्। यी विषयहरुमा अनुपम खेरले भने सरकारको साथ दिइरहेका छन्।
सोही सन्दर्भमा नसुरिद्दिनले अनुपम जोकर भएको र उनको कुरा पत्याउन नहुने बताएका थिए। उता अनुपम खेरले भने नसुरिद्दिन गँजडी भएको बताएका छन्। एजेन्सी

प्रतिक्रिया