ad ad

कला


दोस्रो काठमाडौं–कलिङ साहित्य महोत्सवमा ६० भन्दा धेरै सेसन हुने

दोस्रो काठमाडौं–कलिङ साहित्य महोत्सवमा ६० भन्दा धेरै सेसन हुने

नेपालखबर
भदौ १३, २०८० बुधबार ११:२७, काठमाडौँ

काठमाडौंको होटल हिमालयमा आयोजना हुन लागेको ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’को तयारी लगभग सकिएको छ। 

आगामी भदौ १५ गते (शुक्रबार)बाट सुरु हुने साहित्य महोत्सव ३ दिनसम्म सञ्चालन हुने छ।
 
कार्यक्रममा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायतका देशबाट ५० जनाभन्दा धेरै साहित्यकार तथा कथाकारको सहभागीता रहने कार्यक्रम निर्देशक रञ्जना निरौलाले जनाएकी छिन्। 

नेपालका २ सय भन्दा धेरै कवि, लेखक तथा साहित्यकारहरु यो महोत्सवमा सहभागी हुनेछन्। 

कार्यक्रममा ६० भन्दा धेरै सेसन चल्ने निरौलाले जानकारी दिइन्। 

महोत्सवमा कविता, गीत, गजल, नृत्य प्रस्तुत हुनेछन्। विभिन्न समसामयिक विषयमा विचार विमर्श हुने छ। सूर्य नेपाल र एलआइसी नेपालको मुख्य प्रायोजन गरेको ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’को यो दोस्रो संस्करण हो। 

यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ लिटरेरी फेस्टिभल भारतको संयुक्त आयोजनामा हुने महोत्सवमा १२ विधामा १२ लेखकलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गरिने छ। पुरस्कारका लागि पुस्तक छनौट भैसकेका छन्।

अघिल्लो वर्ष २ दिन चलेको महोत्सव यो वर्ष ३ दिन सञ्चालन हुन लागेको हो। 

महोत्सवले देशभरको भाषा, साहित्य तथा संस्कृतिलाई प्रवद्धन गर्ने महोत्सवका निर्देशक निरौला बताउँछिन्।

महोत्सवमा देशका विभिन्न मातृभाषासँग संम्बन्धित सेसनहरु पनि चल्ने छन्। महोत्सवमा देशका प्रायजसो क्षेत्रका लेखक, साहित्यकारले सहभागिता जवनाउने छन्।

सहभागितामा सबै प्रकारका भाषा र क्षेत्रलाई स्थान दिएर साहित्यमा विविधतामा पनि एकता छ भनेर सन्देश दिन खोजिएको रञ्जनाको भनाई छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .