कला


समीक्षालाई अस्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको भनी समाचार लेख्नेविरुद्ध प्रहरीमा उजुरी

समीक्षालाई अस्ट्रेलियाले ब्ल्याक लिस्टमा राखेको भनी समाचार लेख्नेविरुद्ध प्रहरीमा उजुरी

नेपालखबर
भदौ ११, २०८० सोमबार २०:४७, काठमाडौँ

गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाले आफूलाई ब्ल्याक लिस्टमा राखेको भनी झुटो समाचार लेखेको भन्दै चारवटा फेसबुक पेजविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएकी छन्।

केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अस्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयमा मलाई अस्ट्रेलियाले ब्ल्याकलिस्टमा राखेको’ भन्ने झुटो खबर फैलाइएकाले ती फेसबुक पेजविरुद्ध साइबर अपराधमा कारबाही माग गरी प्रहरीमा उजुरी दिएको समीक्षाले बताएकी छन्।  

‘वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ’, उनले भनेकी छन्, ‘साथै, सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।’

उनले Taja Khabar, Global Nagarik, Hamro Learning Center, Routine of Butwal banda नाम गरेका फेसबुक पेजविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार उजुरी हालेकी हुन्। 

निवेदनमा उनले लेखेकी छन्, ‘उक्त फेसबुक पेज चलाउने व्यक्तिहरूलाई खोजतलास गरी कानुनी कारबाही गरी पाऊँ र उक्त आईडीहरू बन्द गराई पाऊँ भनी श्रीमान्‌समक्ष यो निवेदन लेखी पेस गरेको छु।’

निवेदनका साथमा उनले आफ्नो नागरिकताको फोटोकपि, स्क्रिनसटको कपि पेस गरेकी छन्।  

यस्तो छ उजुरी-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .