कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरिज ‘मिस स्कार्लेट’ को टिजर सार्वजनिक भएको छ। साइकोलोजिकल थ्रिलर सिरिजको पहिलो सिजन ४ एपिसोडको हुनेछ र प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ। यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ।

वीरगन्जमा छायांकन गरिएको यस सिरिजका लेखक तथा निर्देशक बलिराम चौहान हुन्। सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ।
प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ। यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यु गरेका हुन्। नेपालका लागि तयार पारिएको यो सिरिज ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजबाट भदौमा रिलिज गरिनेछ। अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ।
यस सिरिजको ट्रेलर ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजको घोषणा कार्यक्रममा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ। विश्वभरिबाट जुनसुकै डिभाइसमा पनि अनलाइन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताइएको छ।
सार्वजनिक सिरिज टिजर हेर्दा सिरिजको कास्टिङ र लाइनअप पनि नेपाली ओटीटीको लेभल र कन्टेन्टको गुणस्तर राम्रै रहेको देख्न सकिन्छ। इनिसियल फेजमा न्यूनतम ४८ घण्टाको प्रिमीयम कन्टेन्टबाट प्लेटफर्म सार्वजनिक गरिने र सबै कुराको तयारीपश्चात् केही दिनमै प्लेटफर्मको औपचारिक रुपमा घोषणा गर्ने कान्तिपुर सिनेमाजको योजना छ।
Shares

प्रतिक्रिया