यस वर्षको ‘महाकवि देवकोटा पुरस्कार’का लागि ५ स्रष्टाको नाम सार्वजनिक गरिएको छ। कविता, निबन्ध, आख्यान÷नाटक, बालसाहित्य÷लोकसाहित्य र भाषा साहित्य विद्यामा एक–एक जना स्रष्टाको नाम छनोट गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्रदान गर्ने पुरस्कारका लागि नाम प्रधानमन्त्रीस्तरिय निर्णयबाट पारित भएको हो।
जसअनुसार कविता विद्यामा तेह्रथुमका विश्वविमोहन श्रेष्ठ, निबन्ध विद्यामा लमजुङका देवीप्रसाद सुवेदी, आख्यानमा बाँकेका नयनराज पाण्डे, बालसाहित्यमा सुर्खेतका जीवेन्द्रदेव गिरी र भाषा साहित्यमा काठमाडौंका रोचक घिमिरे पुरस्कृत हुने पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।
यो पुरस्कार सरकारले विगत एक दशकदेखि नेपाली भाषाका विभिन्न पाँच विद्यामा योगदान पुर्याउने विशिष्ट स्रष्टालाई प्रदान गर्दै आइरहेको छ।
Shares
प्रतिक्रिया