पत्रकार शिव न्यौपानेले संकलन र सम्पादन गरेको ‘फलाङ फुड डिक्सनरी’ सार्वजनिक गरिएको छ। विश्वभरिका खानेकुरासम्बन्धी शब्दार्थ समेटिएको ६ सय ४ पृष्ठको डिक्सनरी (शब्दकोश) मेलबर्नमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो।
नेपाली लेखकले लेखेको खाद्यपरिकारसम्बन्धी पहिलो शब्दकोशमा क्युलिनरी आर्टसँगसम्बन्धी शब्दका अर्थ समावेश छन्। १ लाखभन्दा बढी शब्दार्थको संगालो रहेको शब्दकोशमा विश्वभरिका खानेकुरासम्बन्धी शब्दार्थ, ती खाद्य परिकारको विवरण प्रस्ट बुझिनेगरी राखिएको लेखक न्यौपानेले नेपालखबरलाई बताए।
नेपालीसँगै विश्वभरका खाद्य परिकारबारेको शब्दकोशमार्फत रेस्टुरेन्टहरूमा काम गरिरहेका हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थी उत्प्रेरित हुने विश्वास गरिएको छ।
विद्यार्थी जीवनमा फुड जोर्नालिजममार्फत नेपाली खाद्य परिकारको प्रचारप्रसारलगायत उद्देश्य राखेर शब्दकोश तयार पारिएको न्यौपानेको भनाइ छ।
डिक्सनरी तयार पार्न आफू कोरोना महामारीका बेला झन्डै २ वर्ष दैनिक १५ घण्टाका दरले कम्प्युटरमा बसेको उनले बताए।
‘नेपालमा फुड जर्नालिजम नयाँ अवधारणा हो। डिक्सनरी लेख्नुको एउटै उद्देश्य हो– फुड जर्नालिजजममा लाग्नेहरूलाई दिशानिर्देश गर्नु’, उनी भन्छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनबाट प्रशंसापत्र प्राप्त गरेसँगै फुड जोर्नालिजम र खाद्यपरिकारको विश्वव्यापी जानकारिका लागि प्रेरित भएको उनी बताउँछन्।
Shares

प्रतिक्रिया