गायक शिव परियारको नयाँ एल्बम बजारमा आएको छ। 'तिमी र म' नामको उक्त एल्बमका सबै गीतको संगीत परियारले स्वयंले गरेका हुन्।
६ वटा गीत संग्रहित उक्त एल्बमका सबै गीत सागर फुयालले लेखेका हुन्।
एल्बममा 'तिमी हौ सबथोक मेरो', 'तिमी र म अनि शीतल धुन', 'मेरो ज्यान भन्छ्यौ भने', 'हाम्रो माया एक नदीको दुई किनार', 'जिउन मन छैन अधर तिम्रो नहेरी' र 'तिमी फूल हौ सुगन्ध छर्नु पर्छ तिमीले' बोलका गीत समावेश छन्।
परियारले एल्बमको 'तिमी हौं सबथोक मेरो' बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ। निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा अभिनेता अनुपविक्रम शाही र मिरुना मगरलाई देख्न सकिन्छ।
हरि हुमागाईंले छायांकन गरेको गीतलाई विकाश धमलाले सम्पादन गरेका छन्।
भिडिओ
3
Shares
प्रतिक्रिया