कला


जारी प्रदर्शनको १०० दिन पूरा, हलमा अझै दर्शक तान्दै

जारी प्रदर्शनको १०० दिन पूरा, हलमा अझै दर्शक तान्दै

नेपालखबर
साउन ६, २०८० शनिबार १०:५९, काठमाडौँ

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ। श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमान्‌को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि एवं कथाकार उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।

यस वर्षकै पहिलो दिन वैशाख १ गतेदेखि प्रदर्शनरत चलचित्रले आज काठमाडौं उपत्यकामा रहेको तीन चलचित्र भवन क्युएफएक्स सिभिल मल, बिग मुभिज र एफक्युबमा प्रदर्शनको सय दिन पूरा गरेको हो। चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए।

'सय दिन पूरा गर्ने चलचित्र बन्यो। अहिले चलचित्र भवनको सङ्ख्या बढेको समयमा यो सफलता विरलै हो। पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाए,' उनले भने। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार ‘जारी’ को गत असार ३१ गतेसम्म छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत रु १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ।

‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने चलचित्र निर्देशनमा लागेको बताए। उनले भने, 'महिला आँटिला र साहसिला हुन्छन्। स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भए भन्दैमा सम्मानबिना बस्दैनन्। उनीहरुको आत्मसम्मानको कथा चलचित्रमा प्रस्तुत गरेको छु।'

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad